सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजारले दिएको छः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गरेका छन् ।

आइतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको बताए । उनले ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको दाबी गरे ।

उनले नेप्से २७ महिना यताकै उच्च भएको समेत बताए । उनले अब शेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने विश्वास व्यक्त गरे । उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए ।

उनले भने, “अब शेयर बजार मात्रै होइन । देशको पूरै बजार चलायमान हुनेछ । सिङ्गो देशलाई चलायमान बनाउने विश्वास हामीसँग छ । हामीले लामो अनुभव बटुलेका छौं । २०७२ को महाभूकम्प पुनःनिर्माण गरेको अनुभव छ ।”

उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए ।