आइतबार ६१ अंकले बढ्यो नेप्से, १५ अर्ब रुपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा उछाल आएको छ । सरकार परिर्वतनसँगै उत्साहित बनेका लगानीकर्ताको आज पनि मनोबल उच्च बनेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमहुको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ । होटलको ३४ करोड १० लाख ९६ हजार ३०७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा २ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

सिकलेस हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This