फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैन विरुद्ध भ्रष्टचारको मुद्दा दायर


काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ।

आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले हुसैनलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।