सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः १९ जना रहेको खुलासा


काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको खुलेको छ ।

चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

क्याप्टेन मनिष शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । त्यस्तै उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।