स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवारबाट सुरुभएको तालिम तीन दिन सम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौ बिच भएको सम्झौता वमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गरेकी थिइन् ।

तीन दिनसम्म संचालन हुने तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट रहेकी छिन् । तीन दिनसम्म सञ्चालन हुने तालिममा सुदुरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।

Skip This