सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्छाैंः पर्यटनमन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन समितिले दिएकोे प्रतिवेदन सतप्रतिशत कार्यान्वयन गर्नेगरी मन्त्रीपरिषद्ले समिति गठन गरिएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधवार काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा उनले सरकारले दुर्घटनाको छानविनको लागि समिति गठन गर्दा विभिन्न प्रश्नहरु उठेको उल्लेख गरे ।

उनले चौतर्फी रुपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रीपरिषद्ले छानविन समिति बनाएको बताए । सरकारले जहाज दुर्घटनाको सत्य तथ्यसहित आएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने संकल्प सहित गठन भएको उनले जानकारी गराए ।

उनले सरकारले अध्ययन समितिहरु बनाउने र समितिहरुले प्रतिवेदनहरु बुझाउने तर प्रतिवेदनहरु कार्यान्वयनको दिशामा सरकारको तदारुकता नदिएको स्वीकार गरे । अब विगतका दुर्घटनाका प्रतिवेदनहरु कार्यान्वयन नआएको आधार मानेर सबै  प्रश्नहरुको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुग्ने र घटनाका बारेका छिनोफानो गर्ने तयारमा सरकार रहेको उनले उल्लेख गरे ।

उनले अध्ययनले दिएको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गरी प्रभावकारी कार्यान्वयन बाटो तय गरिने बताए । समितिमा पनि त्यो प्रतिवद्धता दोहो¥याउने बताए ।

मन्त्री पाण्डेले कोरियाका नेपाली जहाज उडानको लागि नेपालका सम्बन्धित निकायहरुले तदारुकता नदेखाएको जानकारी दिए । कोरियामा नेपाली जहाज उडानको लागि नेपालबाट पहलकदमी नभएको भन्दै कोरियाले नेपालको हवाई सुरक्षा अडिट गर्ने विषयमा दुविधामा रहेको बताए । उनले कोरियामा नेपाली जहाज उडान भर्ने विषयमा चाँडै टुङ्गोमा पु¥याउने प्रतिवद्धता जनाए ।

Skip This