वस्तु आयात गर्दा ५० हजार अमेरिकी डलर बराबरको सटही सुविधा


काठमाडौँ । नेपाल राष्ट्र बैंकले वस्तु आयात गर्दा ५० हजार अमेरिकी डलर बराबरको सटही सुविधा दिने व्यवस्था गरेको छ । आज (शुक्रबार) गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।

“ड्राफ्टरटी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिने,” मौद्रिक नीतिमा उल्लेख छ ।

Skip This