काठमाडौं । सेयर मापक सूचक नेप्से परिसूचकमा आइतबार दोस्रो पटक सर्किट लागेको छ । आइतबार कारोबार खुलेको १ मिनेटमै १०२ अंकले बढेर पहिलो सर्किट लागेको थियो ।
२० मिनेटपछि पुन कारोबार सुरु भएको थियो । कारोबार सुरु भएको १ मिनेटमै नेप्से परिसूचक १२५ अंकले बढेर २६९.४६ अंकमा पुगेको छ । नेप्से परिसूचक ४.८८ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको नेप्सेले जनाएको छ ।
२४३ कम्पनीको १२ लाख ६८ हजार ५ सय ८० कित्ता सेयर कारोबार हुँदा ५१ करोड ३ लाख ६२ हजार ९ सय ७६ रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्