कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार ३ लाख १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख १ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले बढेर ४ हजार ६८५ रूपैयाँमा काराबोर भइरहेको छ ।