काठमाडौँ । सुनरा इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल आएको छ । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कुटरको सुनौलो मनसुन अफर ल्याएको कम्पनीका सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले जानकारी दिए ।
कम्पनीले तीन मोडल (रोबो एस, ह्वांक डबल ब्याट्री तथा ह्वांक सिंगल ब्याट्रीमा विशेष छुटको अफर ल्याएको छ। रोबो-एसमा ६० हजार छुट, ह्वांक डबल ब्याट्रीमा रु ५८ हजार र ह्वांक सिंगल ब्याट्रीमा रु ३७ हजार छुट उपलब्ध गराइएको कम्पनीले जनाएकाे छ ।
रोबो-एसमा ३ किलोवाटको पावर क्षमताको मोटर रहेको छ । जसमा ४३०० किलोवाटको पिक पावर छ। ७२ भोल्ट २० एम ए एचको २ ओटा लिथियम ब्याट्री उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीकाे दाबी छ। यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको छ। रोबो-एस को एम आर पी ३ लाख ७९ हजार ९०० रहेको छ ।
ह्वांकमा १८०० वाटको पावर क्षमताको मोटर रहेको छ। ७२ भोल्ट २० एम ए एचको २ ओटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पीड ६५ किलोमिटर प्रति घण्टाको रहेकाे कम्पनीकाे दाबी छ । ह्वांक डबल ब्याट्री को एम आर पी रु ३ लाख १७ हजार ९०० रहेको छ भने सिंगल ब्याट्री को एम आर पी रु २ लाख ३६ हजार ९०० रहेको छ।
त्यस्तै सस्तो रेञ्जको सुनरा के ५ पनि नेपाल भित्रिएको छ। यसमा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ। ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री एक पटक फुल चार्ज गर्न ६ देखि ७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएकाे छ ।
यसको टप स्पीड ६० किलोमिटर प्रति घण्टाको छ। यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि, तथा अन्डरसिट बुट स्पेस पाउन सकिने कम्पनीकाे दाबी छ । सुनरा के ५ को एम आर पी रु १ लाख ८९ हजार ९०० रहेको छ । केटीएम इन्टरनेशनलले ईभी स्कुटर बाहेक बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्