काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष २०८०/८१ को नउठेको साँवाब्याज उठाउने मिति साउन मसान्तसम्म थप गरेको छ ।
मौद्रिक नीतिमा उल्लेख भए अनुसार राष्ट्र बैंकले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरु र पूर्वाधार विकास बैंकको लागि सर्कुलर जारी गरेको हो ।
सर्कुलरमा इजाजत पत्र प्राप्त संस्थाको लेखानीति बमोजिम आर्थिक वर्ष २०८०/८१ मा प्रोदभावी आधारमा लेखांकन गरिएको व्याज आम्दानी मध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सन्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ ।
हालसम्म एनएफआरएस लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आ.व. २०८०/८१ मा पाकेको व्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय संस्थाहरुले आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउने सर्कुलरमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्