जनताको स्वास्थ्यमाथि खेलवाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन्। मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराए ।

खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उनले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औंल्याए । मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरी सम्बन्धि ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए ।

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखि काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताए ।