काठमाडौं । गत आर्थिक वर्ष २०८० ८१ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९ ८० मा बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षमा बैंकले ५ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षमा बैंकले ५ अर्ब ९५ करोड ६० लाख रुपयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा १३.४६ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ बराबर निक्षेप संकलन गर्दा ८१ अर्ब १४ करोड २३ लाख रुपैयाँ बराबर कर्जा प्रवाह गरेको छ ।
बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।
बैंकको खराब कर्जा २.१४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा १.१८ प्रतिशत रहेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी ३५.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्