विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त


काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनीहरूलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।

मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो। सोसँगै स्पष्टीकरण सोधेको मन्त्रालयले चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो ।