काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ ।
आजको दिन छ आेटा कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेकाे छ । आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८७.४० अंकले घटेकाे छ ।
कुल ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख ३४ हजार १०३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्