इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटियो


काठमाडाैँ । इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटियोइको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ ।

शुक्रवार काठमाडौँको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो ।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपन्छी विभागमा पठाएको छ । मिनिरल वाटरको बोटलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौँ महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए ।

प्राविधिक पराजुलीका अनुसार काठमाडाैँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो\होइन ? परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ ।