सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा छुट


काठमाडौं । सानिमा बैंक र बुद्ध एयरबिच बैंकका ग्राहकहरुलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय वा एयरपोर्टको काउन्टरबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् ।