सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेलाई सरकारले तत्काल अनुसन्धान गर्नुपर्छः गगन थापा


काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा उहाँले करोडौं सहकारीमा ठगी गरेका तत्कालिन गृहमन्त्री लामिछाने तत्काल छानविन गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका हुन् ।

तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेश गरेको उल्लेख गर्दै महामन्त्री थापाले सोही प्रमाणको आधारमा उनीमाथि छानबिन गर्नुपर्ने बताए । उनले जतिसुकै शक्तिशाली भएपनि सरकारले अनुसन्धानको दायरामा ल्याएर आफू को हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने पनि बताए ।

उनले प्रतिपक्षमा रहँदा गिरिबन्धु टि स्टेट, भूटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि देख्दै नदेख्ने काम सरकारले गर्न नहुने पनि दोहो¥याए । महामन्त्री थापाले डेडिकेटेड टं«कलाइनको वक्यौता रकम राज्य नठगिने गरी असुली गर्न पनि सरकारलाई दबाब दिए ।