काठमाडौँ । नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न ‘नाडा अटो शो २०२४’ हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यहि अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौँको भृकुटी मण्डप प्रदर्शनीस्थलमा आयोजना गर्न लागेको हो ।
आयोजकले यस वर्षको नाडा अटो शो पहिलेको भन्दा भव्य र प्रभावशाली बनाउने अपेक्षा लिएको छ । नाडा अटो शो ले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरुको व्यापक प्रदर्शन गर्ने र जसले अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयाुर पार्ने उल्लेख गरेको छ ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्डहरु र १२ हल्का व्यावसायीक सवारी साधन ब्राण्डहरु प्रदर्शन गरिने जनाएको छ ।
साथै ३३ कम्पनी लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरु रहेको र ७ वित्तीय संस्थाहरुले वित्तीय समाधानहरु प्रदान गर्ने जनाइएको छ । नाडा अटो शो मा ९५ प्रदर्शकहरु सहभागी हुने र १३० स्टलहरुमा आफ्ना उत्पादनहरु र सेवाहरु प्रदर्शन गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्