गत वर्ष १४ अर्ब रूपैयाँ माथिको बिमा पोलिसी सरेन्डर, कुन कम्पनीकाे कति ?


काठमाडौँ । आर्थिक वर्ष २०८०\०८१ मा १४ अर्ब ५० करोड १२ लाख ७७ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ । बिमा प्राधिकरणकाले सार्वजनिक गरेको तंथ्याक अनुसार आर्थिक वर्ष २०७९\०८० को सोही अवधिमा बिमा क्षेत्रमा १३ अर्ब ३४ करोड ३३ लाख ७१ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको थियो । जुन याे वर्ष ८.६७ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष असार मसान्तसम्म १ लाख १३ हजार ९७६ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९\८० सोही अवधिमा ९६ हजार ९३८ वटा पोलिसी सरेन्डर भएको थियो ।

प्राधिकरणका अनुसार नेपाल लाइफ इन्स्योरेन्सको बिमा पोलिसीमध्ये २८ हजार ६२७ वटा बिमालेखबापत ४ अर्ब ४१ करोड ३९ लाख १२ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको प्राधिकरणले जनाएको छ । यस्तै सन नेपाल लाइफको बिमा पोलिसीमध्ये ६८२ बिमालेखबापत ६ करोड ६२ लाख रुपैयाँको पोलीसी सरेन्डर भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको बिमा पोलिसीमध्ये ३० हजार ३०९ बीमालेखबापत ४ अर्ब ३० करोड ३७ लाख ५ ३ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ । राष्ट्रिय बिमा संस्थानको १३ हजार ९४१ वटा बिमालेखबापत १ अर्ब १० करोड ४८ लाख ८२ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ । नेसनल लाइफको ७ हजार ५ सय बिमालेखबापत १ अर्ब १ करोड ८० लाख ३९ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको ७ हजार ८१० बिमालेखमार्फत १ अर्ब २ करोड ९५ लाख ४ हजार रुपैयाँ सरेन्डर भएको छ । एसियन लाइफ इन्स्योरेन्सको ७ हजार १७१ बिमालेखबापत ५५ करोड ६३ लाख ५६ हजार रुपैयाँ, मेट लाइफको ४ हजार १०३ बिमालेखबापत ४३ करोड २८ लाख १२ हजार रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको १ हजार ४२५ बिमालेखबापत १३ करोड ६६ लाख ६४ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको तंथ्याकले देखाएकाे छ ।

त्यस्तै रिलायबल नेपाल लाइफको १ हजार ४७४ बिमालेखबापत ९ करोड ४ लाख १७ हजार, सिटिजन लाइफको २ हजार ६५१ बिमालेखबापत १७ करोड ३३ लाख ३६ हजार रुपैयाँ, सूर्याज्योति लाइफको ५ हजार २७४ बिमालेखबापत ७१ करोड ४१ लाख ३३ हजार रुपैयाँकाे पाेलिसी सरेन्डर भएकाे तंथ्याकले देखाएकाे छ ।

प्राधिकरणका अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ७२८ बिमालेखबापत २४ करोड ८६ लाख १४ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको १ हजार २८१ बिमालेखबापत २१ करोड २६ लाख ४७ रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

पछिल्लो मिति (ब्याक डेट) राखेर बिमा लेख जारी गर्ने प्रवृत्ति, एक वर्षमै बिमालेखको आधारमा ग्राहकले कर्जा पाउने व्यवस्था र अभिकर्ताले एकभन्दा बढी कम्पनीको लागि बिमालेख बिक्री गर्न सक्ने व्यवस्था मुख्य चुनौती भएको बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको विश्लेषण छ ।

पोलिसी ल्याप्स र ‘सरेन्डर’को दर बढ्दै गएपछि प्राधिकरणले तीन वर्षपछि मात्रै बिमालेख धितोमा ऋण दिन तथा बिमालेख समर्पण र त्याग गर्न सकिने व्यवस्थासहित जीवन बिमा सम्बन्धी निर्देशिका २०७९ जारी गरेको थियो । जीवन बिमालेख सम्बन्धी निर्देशिका २०७९ अनुसार एकल बिमालेखको हकमा पनि बिमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।