आज जनैपूर्णिमा, पशुपतिनाथमा भक्तजनको रौनक (फाेटाे फिचर)


आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज ९सोमवार० बिहानैबाट यज्ञोपवित एवं रक्षावन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ । आज दिनभर नै रक्षावन्धन र जनै लगाउने गरिन्छ । विहानैदेखि देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ ।

पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरूले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ । तलको फोटोफिचरमा रक्षाबन्धनका दिन (आज) पशुपतिनाथ मन्दिर परिसको दृश्य प्रस्तुत गरिएको छ;

शब्द/तस्बिरः पुष्पा पाल