लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत


काठमाडौँ। काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार लुम्बिनी प्रदेशसभा बैठकमा आचार्यले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेशसभामा आचार्यको पक्षमा ७० मत र विपक्षमा ११ मत परेको छ भने तटस्स्थ मत ४ रहेको छ। सभामुख तुलाराम घर्ती मगरले आचार्यलाई परेको मत प्रदेशसभाका कुल संख्याको बहुमत भएकाले विश्वासको मत बहुमतले पारित भएको घोषणा गरे।

आचार्यलाई नेकपा (एमाले) का २९ र नेपाली कांग्रेसका २७ सहित जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी ९जसपा० नेपाल, नागरिक उन्मुक्तिसहितका पार्टीले समर्थन गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा उभिए ।

आचार्य कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।