काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)मा रोकिएको बताएका छन् ।
बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले गरेको कार्यक्रममा अध्यक्ष कार्कीले पछिल्लो समय शेयरमार्फत जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनेको बताए ।
अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको उल्लेख गरे । उनले पुँजी बजारमा करिव ४५ लाख बढी नेपालीहरुले शेयरमा लगानी गरेको बताए ।
स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको उनकाे भनाइ छ । जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु भइरहेको उनले बताए ।
उनले विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने उल्लेख गरे । विधेयकले जलविद्युत विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने उनले बताए ।
जलविद्युत आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना समस्यामा परेको उनकाे भनाइ छ । उनले सरकारले ऊर्जा क्षेत्रमा लागू भएको दोहोरो कर प्रणाली हटाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्