एमएडब्लूले सार्वजनिक गर्‍यो नामीका तीन मोडल,मूल्य २९ देखि ३५ लाखसम्म


काठमाडौँ । एमएडब्लु ग्रुपले नयाँ विद्युतीय सवारी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक विद्युतीय सवारी सेग्मेन्टमा यो ईभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको बताएको छ ।

नामीलाई काठमाडौँमा आयोजना गरिएको फेसन इभेन्टमा सार्वजनिक गरिएको हो जसले उसको ट्यागलाइन ‘द बिग ह्याच विथ फाइभ स्टार लक्जरी’लाई न्यायोचित गरेको छ । स्टाइल र सफोस्टिकेसनको समीश्रण भएको नामी युनिक मात्र होइन ग्ल्यामरस पनि छ ।

४०३० एमएमको लम्बाई, १८१० एमएमको चौडाइ र १५७० एमएम उचाइ तथा २६६० एमएम ह्विलबेस भएको नामी सेग्मेन्टकै सबैभन्दा ठूलो ह्याचब्याक हो । १७ इन्चको टायरले यसको सौन्दर्यलाई बढाउनुका साथै एसयुभीको जस्तो स्वरुप दिएको छ । साथै यसमा विस्तार गर्न मिल्ने क्याबिन छ जसले सबै यात्रुका लागि पर्याप्त स्पेस र कम्फर्ट प्रत्याभूत गर्ने कम्पनीले जनाएकाे छ ।

नामीको इन्टेरियर लक्जरी र कम्फर्टको समीश्रण हो । यसको क्याबिनमा प्रिमियम लेदर सिट, हाई क्वालिटी डबल डी डिजाइन स्टेयरिङ ह्विल, १२.८ इन्चको एचडी डिस्प्ले जस्ता फिचर छन् । यसमा प्रयोग भएको वायरलेस चार्जर, टापु जस्तो देखिने आर्मरेस्ट र ९४५ लिटरसम्म फैलाउन सकिने बुट स्पेस तथा डबल साइज बेडमा परिणत गर्न सकिने इन्टेरियरले कारको कन्भिनियन्सलाई अब्बल बनाएको छ । यसमो फुल्ली अटोमेटिक पार्किङ सिस्टम, तीन ड्राइभिङ (नर्मल, इको र स्पोर्ट) र ३६० डिग्री क्यामेराले सुरक्षा र कन्फिडेन्स दुवैलाई बेजोड बनाएको कम्पनीकाे दाबी छ।

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् । यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । यो नयाँ ईभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ जसको रियल लाइफ रेन्ज ४३० किलोमिटर (सीएलटीसी) रहेको छ । नामीको पर्फमेन्सलाई यसका इन्टेलिजेन्ट फिचरले अझ परिस्कृत बनाएको छ जसले सिटी ड्राइभिङका लागि यसलाई बेजोड बनाउने कम्पनीकाे दाबी छ ।

नामी सेतो, निलो, बैजनी, हरियो, र ड्यूल टोनमा निलोंसेतो, हरियो सेतो, बैजनी सेतो छानो गरी सात विभिन्न कलरहरूमा उपलब्ध हुनेछ ,यसैगरी, यसमा दुई इन्टेरियर रंग विकल्पहरू उपलब्ध छन् यसको लक्जरियस इन्टेरियर दुई वटा कलर ब्ल्याक एन्ड ह्वाइट र ब्ल्याक एन्ड ग्रेमा उपलब्ध छ ।

स्लिक डिजाइन, स्पेसियस इन्टेरियर र कटिङ एड्ज प्रविधिले भरिएको नामी अद्वितीय ड्राइभिङ एक्सपिरियन्स र हेड टर्नका लागि डिजाइन गरिएको हो । यो फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ जसको सुरुवाती मूल्य क्रमसः २९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । ड्युअल टोनको लागि भने थप ५० हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएकाे छ ।