सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गरेकी छिन् ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा उनले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारीता नदेखिएको बताइन् ।

उनले ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरवाही गर्दा पनि समयमै काम सम्पन्न हुन नसकेको उल्लेख गरिन् । सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाहरुबारे गम्भीर भएर अनुसन्धान गर्नुपर्ने उनकाे भनाइ छ। 

सांसद बिसीले जनतालाई परेका सास्ती हटाउन सरकारले आवश्यक ध्यान दिनुपर्ने बताइन् ।