काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारले रैथाने कृषि सामग्रीको प्रोत्साहन गर्न स्थानीय तहहरूसँग समवन्य गरेर हाट बजार खोल्ने बताएका छन् । आइतवार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले स्थानीय उपजको लोप हुने अवस्था आएकाले स्थानीय सरकारसँग समन्वय गरेर छिटै हाट बजार स्थापना गर्ने बताएका हुन् ।
उनले नेपालको ३० लाख हेक्टर जमिनमा मात्रै खेती लगाइएको र बाकीँ १० लाख खेतीयोग्य जमिन बाँझो रहेकाले उक्त जग्गाको सदुपयोग गर्न अन्य वस्तुको उत्पादन गर्न मन्त्रालयले योजना बनाएको जानकारी दिए । उनले भने, “खेतीयोग्य जमिन मात्रा नभएर बाकीँ जमिनमा मुलुकलाई फाइदा हुने उत्पादनहरू जोड दिन मन्त्रालय र सरकार ध्यान दिएर काम गर्दैछ ।’’
अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानि एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताए । उनले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ उपलब्ध गराउने योजना रहेको र साे प्रक्रिया अर्थमन्त्रालयमा पुगेकाे जानकारी दिए । उनले भने,”दुग्ध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ तिर्न बाँकी रहेकाे छ भने दुग्ध किसानहरूको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको छ ।”
अधिकारीले रासायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनुका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरू गरेको बताए । उनले कृषि क्षेत्रको सुधार गर्नेतर्फ र उद्देश्यमा पु¥याउने तर्फ कमजोरी हुन दिइ अगाडि बढ्ने उदेश्य बोकेको दाबी गरे ।
उनले काभ्रे,मकवानपुर,धादिङ,चितवन जिल्लामा जाविषादिको अत्याधिक प्रयोग भएकाे जानकारी पाएकाले नियन्त्रण गर्न मन्त्रालयले विभिन्न कार्य गरेकाे बताए । “तत्काल आज नै सम्भावना नहोला । तर न्युनिकरणको लागि मन्त्रालयको तर्फबाट गरिनुपर्ने काममा कमजोरी हुँदैन,”उनले भने ।
प्रतिक्रिया दिनुहोस्