किसानलाई रासायनिक मलबारे जानकारी दिन मन्त्रालयमा कल सेन्टर


काठमाडौँ । । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना गरेको छ ।

आइतवार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री रामनाथ अधिकारले मल आपूर्ति र वितरणलाई अझ पारदर्शी बनाउने बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले उक्त कार्य सुरू गरेको बताए ।

उनका अनुसार कृषकले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर १६६-००१७७७७९ मा कार्यालय समयभित्र फोन गरेर नजिकमा रहेको मल विक्रेताको विवरण प्राप्त गर्न सक्ने छन् ।