काठमाडाैँ । विभिन्न देशका लागि प्रस्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि सुरू हुने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित १७ देशका राजदुतहरूमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट सुरू गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।
भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिए । उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।
समितिको आजको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोलि समितिका सदस्यहरूलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्