नेप्सेमा १११ अंकको गिरावट, ३ कम्पनीमा भने सकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा ठुलो गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुह राताम्ये बनेका छन् भने बाँकी एउटा समुहमा हरियाली छाएको छ ।

आजको दिन हिमालय रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । नेप्से परिसूचक सय भन्दा बढि अंकले घट्दा ३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताले पनि सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० रुपैयाँको कारोबार हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७० रुपैयाँको कारोबार भएको छ। ।