‘नाडा अटो शो’ र दशैंको अवसरमा एमजी जेडएस इभी किन्दा ६ लाख छुट


काठमाडौँ । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाडा अटो शो र दशैंलाई लक्षित गर्दै एसयुभी जेडएस इभीमा ६ लाख रुपैयाँको नयाँ अफर ल्याएको छ ।

कम्पनीले नाडा अटो शो र दशैंलाई लक्षित गरी ६ लाख रुपैयाको छुट अफर ल्याएको हो । योसँगै ५२ लाख ९९ हजारमा विक्री हुँदै आएको कार अब ४६ लाख ९९ हजार रुपैयाँमा पाइने छ ।

यस मूल्यमा ग्राहकहरुले एमजी जेडएस इभीका उन्नत सुविधाहरू र राम्रो प्रदर्शनको अनुभव गर्न सक्ने प्रबन्ध निर्देशक सचिन अर्यालले जानकारी दिए। एमजी जेडएस इभीमा सुरक्षा र सुविधा लागि धेरै अब्बल सुविधाहरू रहेको र यसमा छ वटा एयरब्याग्स, हिल लन्च असिस्ट, फन्ट कॉलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम, एडास लेभल २,र वायरलेस चार्जिङ समावेश गरिएको कम्पनीले जनाएको छ ।

पो विशेष अफर २७ अगस्त देखि ५ अक्टोबर २०२४ सम्म मात्र उपलब्ध रहने कम्पनीले जनाएको छ ।