बुधबार सुनको मूल्य ताेलामा ८०० रुपैयाँले बढ्यो


काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ८०० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ ।