काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर सेयर मापक सूचक नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरबमूल्य घटेको छ भने एउटा उपसमुहको सेयरमूल्य मात्रै बढेको छ ।
बिहीबार कारोबार रकमका आधारमा गुड विल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ ।
आजको दिन कुथेली बुखरी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
कुल ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३ सय ६५ रुपैयाको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्