नाडा अटो शोमा सुजुकीः ईभीमय मेलामा बिरासत बाेकेकाे ‘एक्लो वृहस्पति’ !


बीवाइडीदेखि टाटा, एमजी, किया, सेरेस, डिपल जस्ता विश्वका चर्चित ब्रान्ड अटाे शाे मा भाग लिएका छन् । इभीमय भएको सवारीको कुम्भ मेलामा सुजुकी भने आइसी सवारी मात्र लिएर भाग लिने ‘एक्लो बृहस्पतीको रूपमा देखिएको छ ।

काठमाडौँ । अवलाेकनकर्ताकाे सहजताका लागि  यसपटककाे अटाे शाे मा टू ह्वीलर्स र फोर ह्वीलर्सको बेग्लाबेग्लै पेभेलीयन बनाइएकाे छ । बजार चलायमान बनाउने शुत्रका रूपमा हेरिएकाे नाडा अटाे शाे मा नयाँ ब्रान्ड र नयाँ मोडलका विद्युतीय सवारीले ढपक्कै ढाकेकाे छ। अटो बजारमा अहिले बिक्री भइरहेकाे पारपाङ्ग्रे सवारीमा विद्युतीय सवारीको हिस्सा करिब ८० प्रतिशत रहेकाे नाडाले जनाएकाे छ ।

अहिले नेपाली बजारमा दुई दर्जनभन्दा धेरै ब्राण्डका विद्युतीय सवारी छन् । बीवाइडीदेखि टाटा, एमजी, किया, सेरेस, डिपल, अवतार, नामी जस्ता चर्चित ब्रान्डले अटाे शाेमा भाग लिएका छन् । तर इभीमय भएको सवारीको कुम्भ मेलामा सुजुकी भने आइस (पेट्राेलियम सवारी) मात्र लिएर भाग लिने ‘एक्लो बृहस्पतीको रूपमा देखिएको छ ।

सरकारले न्यून प्रदूषण गर्ने विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने मूल नीति लिएअनुरुप विद्युतीय कारमा पेट्रोलियम कारको तुलनामा कर सहुलियत दिएकाले विद्युतीय सवारीको बिक्री उल्लेख्य बढेको छ। नाडाकाे उद्घाटनका दिन सार्वजनिक भएका करिब दर्जन सवारीमा अधिकाशं इभी सवारी रहेकाे तथ्याकंले पनि इभी क्रेज देखाउछ ।

मारुती सुजुकीले पनि केही समयपछि नयाँ इलेक्ट्रिक एसयुभी ल्याउने भए पनि अटो सो-२०२४ मेलामा भने पेट्रोलियम सेगमेन्टमा विरासत बाेकेकाे ब्राण्डमा एक्लो नै छ । भारतीय प्लान्टबाट उत्पादन गरेर विश्वका धेरै देशमा बिक्री गर्ने योजनाका साथ काम गरिरहेको सुजुकीले यसको उत्पादन मोडल ‘मोबिलीटी ग्लोबल एक्स्पो २०२४’ मा देखाएको थियो ।

सुजुकीले ल्याउन लागेको पहिलो ईभी मोडलमा अर्को जापानी ब्राण्ड टोयोटाको पनि सहकार्य छ । एसयुभी सम्भवत टोयोटाको ब्याजमा पनि आउनेछ । दुई जापानी ब्राण्डको सहकार्यमा आउन लागेको विद्युतीय एसयूभी नेपाली बजारमा पनि लगभग भारतमा बिक्री सुरू हुनासाथ आउने अपेक्षा छ ।

विद्युतीय सवारी बिना मेलामा उपस्थिति भएपनि सुजुकीले नाडा अटो शोमा सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्टले आम ग्राहक तान्न सफल भएको छ । कम्पनी गत वर्षको नाडा अटो शो २०२३ मा उच्च प्रथामिकताका साथ राखेकाे जिम्नी र फ्रोन्क्समा पनि ग्राहकको ध्यान उत्तिकै रहेको छ । सुजुकीको स्टलमा नयाँ ब्रेजा तथा ग्रान्ड भिटारालाई पनि प्राथमिकता दिइएको छ।

विद्युतीय सवारी बिना मेलामा उपस्थिति भएपनि सुजुकीले नाडा अटो शोमा सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्टले आम ग्राहक तान्न सफल भएको छ । त्यतिमात्रा नभएर कम्पनी गत वर्षको नाडा अटो शो २०२३ मा उच्च प्रथामिकताका साथ राखेकाे जिम्नी र फ्रोन्क्समा पनि ग्राहकको ध्यान उत्तिकै रहेको छ । सुजुकीको स्टलमा नयाँ ब्रेजा तथा ग्रान्ड भिटारालाई पनि प्राथमिकता दिइएको छ।

मेलामा सार्वजनिक भएको चौथों संस्कारणको नयाँ एपिक स्विफ्ट २००५ सालमा सार्वजिनक भएदेखि नै स्वीफ्ट नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टिनेसको पर्यायवाचीको रूपमा रहँदै आएको छ । स्वीफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभरमैत्री ह्यान्डलिङका कारण रुचाएका कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार, नयाँ एपिक स्वीफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो, जसले पर्फमान्स र सस्टेनएबिलिटीको नयाँ आयाम ल्याउँछ र सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाउने छ । एपिक नयाँ स्वीफ्टमा थुप्रै नयाँ प्रविधि र फिचरहरू समावेश छन्, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीको भनाइ छ ।

यस नयाँ गाडीमा आकर्षक एक्सटेरियर, आरामदायी क्याबिन, आधुनिक सेफ्टी सिस्टम,रमाइलो ड्राइभिङ अनुभव र उन्नत प्रविधि जस्ता विशेषताहरूले अझै आर्कषित बनाएको छ ।

स्वीफ्टको सिग्नेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्वीफ्टमा स्मोकी एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुमर्‍याङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फगलाइट, सिग्नेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च० टु–टोन एलोय ह्विल्सले स्वीफ्टको लुक्स अझै फ्युचरिस्टिक बनाएको कम्पनीले जनाएको छ । सी.जी. मोटोकर्पका प्रमुख बजार प्रबन्धक करुण शाक्यले सुजुकीका ब्राण्डहरूप्रति आम ग्राहकहरूकाे राम्राे प्रतिक्रिया रहेकाे बताए । उनले मेलाअवधिसम्म कम्पनीकाे बुकिङ राम्रै हुनेमा कम्पनी आशावादी रहेकाे बताए ।

छुट दिदैँ ग्राहक तान्दै

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले ४ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बिमा, २० हजारसम्मको लोयल्टी बोनस, १ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एसेसरिज पाउन सक्ने कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप २ लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यसमा केही शर्तहरू लाग्ने कम्पनीले जनाएको छ।

विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बिचको बढ्दो बहसमा यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित भएको कम्पनीको भनाइ छ । यसबाट ग्राहकहरूले फाइदाजनक र झन्झटरहित तवरले शून्य रनिङ खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्ने कम्पनीले अपेक्षा गरेको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरूमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडलका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो । नयाँ एपिक स्विफ्टसँगै नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरू जिम्नी, फ्रङ्क्स, ग्रान्ड भिटारा र नया ब्रेजा डिस्प्लेमा भएको कम्पनीले जनाएको छ।