नाडा अटो शोमा महिन्द्र: इभी र आइसी इन्जिन गाडीको संगमले खिच्यो उपभाेक्ताकाे ध्यान


काठमाडौँ । नेपालको अटो क्षेत्रमा पूरानो इतिहास बोकेको महिन्द्रको नाडा अटो शोमा २०२४ मा बलियो उपस्थिति रहेको छ। महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेड हो ।

भदौ १६ गतेदेखि सुरू भएको नाडा अटो शोमा महिन्द्रले आफ्नो विद्युतीय र आइसी इन्जिनकाे गाडीसहित उपस्थित जनाएको छ । इन्धन गाडीहरूको स्थापित ब्रान्ड महिन्द्राको यस वर्ष विद्युतीय गाडी ‘एसयूभी ४००’ र ‘एसयूभी ७००’ मुख्य आकर्षण बनेको छ ।

गत असारमा मात्रै महिन्द्रमा ‘एसयूभी ४००’ नेपालमा लन्च भएको थियो । महिन्द्राले नेपालमा लामो समयदेखि प्रतीक्षामा रहेको एक्सयूभी ४०० दुई महिनाअघि सार्वजनिक गरे पनि नाडा अटो सोमा पहिलो पटक सोकेस गरेको थियाे ।

एक्सयूभीमा ४०० ईएल प्रो भेरियन्ट, एक शक्तिशाली ३९.४ किलोवाट आवरको ब्याट्री छ। कम्पनीले नेपालको विविध भूभाग र सहरी परिदृश्यले एक्सयूभी ४०० लाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने उल्लेख गरेको छ।

एक्सयूभी ४०० ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीले जनाएको छ। जसले सुरक्षित र समस्यामुक्त स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार, एक्सयूभी ४०० को ईएलको मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ। नाडामा गाडी बुकिङ गर्दा केही छुट समेत दिइएको छ। महिन्द्राको पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० ले अहिले भारतीय बजारमा निकै राम्रो प्रतिक्रिया पाएकाे थियाे । यो एसयूभीलाई ५० किलोवाट डिसी चार्जरको साहयतामा ५० मिनेटभित्र सून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने ३.३ किलोवाट र ७.२ किलोवाट एसी चार्जरको समेत विकल्प दिइएको छ ।

यसको टप स्पेकमा ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध गराइएको छ भने अन्य फिचरमा सिंगल प्यानल सनरुफ, ओभर दि एयर अपडेट सहितको कनेक्टेड कार टेक्नोलोजी सहित ६ वटा एयर व्याग, चारवटै चक्कामा डिस्क वे्रेक र व्याट्री प्याकमा आइपी ६७ रेटिङ लगायत सेफ्टि फिचर पाउन सकिने कम्पनीले जनाएकाे छ । भारतीय बजारमा लन्च भएसँगै यो नयाँ एसयूभीलाई नेपाली इभी पारखीले समेत रुचीका साथ प्रतिक्षा गरेका थिए ।

त्यस्तै मेलामा राखिएको महिन्द्राकाे एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सन सहितको पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ ।

महिन्द्रा एक्सयूभी ७०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । सो इन्जिनले २०० पीएस पावर र ३८० एनएम टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ ।