नेप्से परिसूचक ६ अंकले बढ्यो, ७ कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ६.९४ अंकले बढेर २८३०.२० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका ५ ओटा उपसमुह बढेका छन् भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधार एनएलजी इन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक झिनो अंकले बढेपनि आजको दिन ७ ओटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९ रुपैयाँको कारोबार भएको छ ।