अधुरा ठूला आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः ऊर्जामन्त्री खड्का


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।

मंगलवार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ उनले बुढीगण्डकी जलविद्युत आयोजना लगायतका अधुरा आयोजना निर्माण सम्पन्न गर्नेगरी अघि बढेको बताए ।

उनले रानी जमरा कुलरीया सिंचाई प्रणाली नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएकोे सबैभन्दा ठूलो सिंचाई प्रणाली भएको बताए ।

उक्त आयोजनाको वित्तीय प्रगति ७२.३९ प्रतिशत  र  भौतिक प्रगति ७४.३६ प्रतिशत भएको उनकाे भनाइ छ ।  उनले उक्त आयोजनामा हालसम्मको कुल खर्च २० अर्ब ५ करोड ३० लाख भएको जानकारी दिए ।

 यसमा ४.१७ मेगावट विद्युत पनि उत्पादन भर्खरै सम्पन्न भएको भन्दै सम्पूर्ण आयोजनाको ३८ हजार हेक्टरलाई ३ भागमा विभाजन गरेका काम भइरहेको बताए । पहिलो र दोस्रो विश्व बैंकको लगानीमा २० हजार हेक्टर सिंचाई गर्ने थियो त्यसमा १८ हजार थपिएर ३८ हजार ३ सय सिंचाई गर्ने भनिएको उनकाे भनाइ छ ।

लामो समयदेखि बुढीगण्डकी जलविद्युत आयोजना कार्यान्वयन गर्न सक्दा थन्किएर बसेको उनले बताए । उनले ४३ अर्ब भन्दा बढी लगानी भएको आयोजना रुग्ण भएर बसेको भन्दै सरकारको अधुरा आयोजनाहरु सम्पन्न गर्ने लक्ष्यमा रहेको उल्लेख गरे ।

यो आयोजना बन्दै गर्दा बारा पर्साको सिंचाईको समस्या समाधान हुने उनकाे भनाइ छ। उनले वर्तमान सरकारका मन्त्रीमण्डलमा कुनै पनि विवाद र प्रश्न नहुने गरेको बताए ।