नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडीको सम्भावना


काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्ति दिने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त सम्भावना रहेको सोतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा गठित सिफारिस समितिले सार्वजनिकरुपमा आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र शालिग्राम आचार्यको नाम सिफारिस गरेको थियो । अहिलेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिले गरिएको सिफारिसलाई नै मीन्त्रपरिषद्मा लैजाने भएको स्रोतले जनाएको छ ।

पहिलेको सिफारिस फेरबदल गर्दा वा समिति नै भंग गरेर नयाँ बनाएर विवाद निम्त्याउने पक्षमा सरकार नरहेको बताइएको छ ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक थिइन् ।