आइतबार २५ अंकले घट्यो नेप्से, कारोबार रकम १० अर्ब रुपैयाँ


काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयरबजारमा गिरावट आएको छ । आइतबार सेयरबजार २५.४६ अंकले घटेर २७०१.९० अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० ओटा उपसमुहहरु घटेका छन् ।

आइतबार सिइडिबी हाइड्रोपवार डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड १९ लाख २५ हजार २१० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । महुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरका सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार २४९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।