सरकारले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लिएका छ: उपराष्ट्रपति यादव


काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सरकारले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लिएको बताएका छ्न् ।

आज काठमाडौंमा आयोजना भएको “नेपाल फुड फोरम २०२४” मा यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लिएको बताएका हुन् ।

कृषि खाद्य प्रणाली नाफा मात्र नभएर सामाजिक रूपान्तरणमा समेत जोड दिन आवश्यक रहेको उनले बताए । उनले कृषि क्षेत्रमा युवाहरूलाई आकर्षण गर्नु पर्नेमा जोड दिए । “युवाहरुलाई कृषिमा सम्लग्न गर्ने सरकारले काम गर्ने छ,” उनले भने, “कृषि क्षेत्रलाई अनुकुल वातावरण सृजना गर्न आवश्यक छ।”

किसानले आधुनिक प्राविधि प्रयोग गर्ने गरेकाेले त्यसबाट किसानले लाभ लिएकोले हामीले उपलब्धि पनि हासिल गरेकाे उनकाे भनाइ छ । आज एक दिने फोरममा कृषि क्षेत्रमा विभिन्न लगानी घोषण भएको छ ।