नेप्सेमा १३ अंकको गिरावट, कारोबार ७ अर्बमा खुम्चियो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी एउटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमोटर सेयर सबैभन्दा धेरै कारोबार भएको छ । उक्त सेयर २९ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

आजको दिन मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।