बैकिङ कसुर विधेयकसम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश


काठमाडाैँ । बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन, २०८१ प्रतिनिधि सभामा पेश गरिएको छ ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले सो विधेयक सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभा बैठकमा प्रश्तुत गरेका हुन् ।

समितिको प्रतिवेदनमा कुनै व्यक्ति तथा निकायबाट हुने आर्थिक कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई चेक अनादर सम्बन्धि कानूनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्य लिइएको उल्लेख गरिएको छ ।