काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा पुगेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता र छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकका विषयमा देउवा र प्रचण्डसँग परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे बस्ने गरी बोलाएका छन् । त्यसअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन् । बुधबार साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री ओलीले शुक्रबारका लागि सारेका थिए ।
प्रतिक्रिया दिनुहोस्