सोमबारदेखि काठमाडौँमा दिपल एक्सचेन्ज कानिर्भल हुने


काठमाडौँ। नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भाद्रदेखि ३ असोजसम्म काठमाडौँ, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल गर्ने भएको छ ।

यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरू खरिद गर्न सक्नेछन् ।

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको निकै रुचाइएको प्रिमियम इभी एस०७ खरिद गर्न सक्ने कम्पनीले जनाएकाे छ । यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउनेछन् । उनीहरूले थप एक्सचेन्ज बोनस पाउनुहुनेछ जसले उहाँहरूको दिपल यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ ।

एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउनुहुनेछ जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन् । ग्राहकले गाडीको भ्यालुएसन र बुकिंगमा गिफ्ट पाउने कम्पनीले जनाएकाे छ ।

नेपालमा एमएडब्लु वृद्धिले दिपल एस०७ र एल०७ गरी दुई मोडेल विक्री गर्दै आएको छ ।