सोमबार ५७ अंकले घट्यो नेप्से, ७ अर्ब रुपैयाँ बराबरको कारोबार


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.०३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७३६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमशः १० प्रतिशत र ९.९९ प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।