गरिमा विकास बैंकको डेपुटी सीईओमा रेग्मी नियुक्त


काठमाडौँ। गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आश्विन १ गतेदेखि लागू हुने गरी डेपुटी सीईओमा रेग्मीलाई नियुक्त गरेको हो ।

रेग्मी बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको छ ।