पर्यटन, हवाई र संस्कृति नीति समसामयिक बनाइनेछः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताएका छन् ।

संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धि नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उनको भनाई थियो ।

मंगलवार नेपाल पर्वतारोहण संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको जिकिर गरे ।

मन्त्री पाण्डेले आगामी दिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानूनी राज्यलाई स्थापित गराउने गरी कानून निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाए । 

मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानून निर्माणको कामलाई अघि बढाएको पनि दोहो¥याए ।