बसन्तपुर क्षेत्रमा इन्द्रजात्राकाे राैनक (फाेटाेफिचर)


काठमाडाैँ । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व आज काठमाडौँ उपत्यकामा मनाइँदैछ ।

काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका विभिन्न स्थानमा मनाइने यस जात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रामा रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, लगायत विशिष्ट व्यक्तिहरूकाे उपस्थिति सहित आज वसन्तपुर क्षेत्रमा इन्द्रजात्रा मनाइएकाे छ ।