लाभांश घोषणासँगै शतप्रतिशत हकप्रद पनि जारी गर्ने तयारीमा साहस उर्जा


काठमाण्डौ । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेका हो ।

गत महिनाभदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।

बैठकले आव २०८०–८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

यस्तै बैठकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । बैठकले १ः१ को अनुपातमा सेयरधनीलाई हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ । लाभांश र शतप्रतिशत हकप्रद सेयर गर्ने प्रस्तावलाई पारित गर्न कम्पनीले आगामी कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि साधारण सभा सुरु हुने जनाइएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १२ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउने र साधारण सभामा सहभागी हुन सक्नेछन् ।