सेक्युर्ड सेक्युरिटिजले ६२ प्रतिशत लाभांश दिने


काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट ६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत बोनस सेयर र करसहित १२ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक ८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

यसका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।