सहकारी ठगीमा जीबी राईसहितका २९ जना फरार (सूचिसहित)


काठमाडौँ । सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरूलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको हो ।

अनुसूची-७ मा फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो। तर उनीहरू सम्पर्कमा आएका थिएनन्।

सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठ फरार रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखरका तेजबहादुर बम्जन लगायत २९ जना फरार छन्।